शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एम्बाप्पेको दुई गोलमा पीएसजी विजयी


  • सोमबार, मंसिर २७ २०७८
9.7K
SHARES

तस्विरः फाइल

केलिएन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मने (पीएसजी)ले फ्रेन्च लिग वानमा आइतबार राति मोनाकोलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी टाइममा लिओनल मेस्सीको पासमा दोस्रो गोल गरेका थिए ।

यससँगै एम्बाप्पेले फ्रेन्च लिग वानमा पीएसजीका लागि आफ्नो एक सयौँ गोल पूरा गरेका छन् ।

जितपछि लिग लिडर पीएसजीको १८ खेलबाट ४५ अंक जोडेको छ । जुन दोस्रो स्थानको मार्सेभन्दा १३ अंकले बढी हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा