आइतबार, माघ ९ २०७८
ताजा अपडेट

२०२० को बालोन डे ओर लेवान्डोस्कीलाई दिनुपर्छ : मेस्सी


  • KTM Khabar
  • मंगलबार, मंसिर १४ २०७८
2.2K
SHARES

फाइल तस्विर

सातौं पटक बालोन डे ओर अवार्ड जितेका लिओनल मेस्सीले २०२० को बालोन डे ओर अवार्ड रोवर्ट लेवान्डोस्कीलाई दिनुपर्ने धारणा राखेका छन् ।

मेस्सीले सोमबार राति २०२१ को बालोन डे ओर जितेपछि फ्रान्स फुटबल म्यागेजिनलाई २०२० को अवार्ड लेवान्डोस्कीलाई दिनुपर्ने बताएका हुन् ।

लेवान्डोस्कीले २०१९-२० को सिजन ५५ गोल गरेका थिए । यस्तै २०२०-२१ को सिजनमा पनि ४८ गोल गरेका थिए ।

फ्रान्स फुटबल म्यागेजिनले कोभिड १९ को कारण २०२० मा अवार्ड वितरण गरेको थिएन ।
लेवान्डोस्कीलाई २०२१ को स्ट्राइकर अफ दि इअर अवार्ड प्रदान गरिएको थियो ।

‘म रोवर्टलाई भन्न चाहन्छु कि उनीसँग प्रतिस्पर्धा गर्नु मेरो लागि सम्मान हो’ मेस्सीले भने , ‘तपाईं आफ्नो बालो डे ओरको हकदार हुनुहुन्छ । गत वर्ष सबैले मानेका थिए कि तपाईँ विजेता हुनुहुन्छ । मेरो विचारमा फ्रान्स फुटबलले तपाईँको हक लाग्ने बालोन डे ओर दिनुपर्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा