मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

म्यानचेस्टर सिटीले घरेलु मैदानमा पिएसजीलाई हरायो


  • KTM Khabar
  • बिहिबार, मंसिर ९ २०७८
703
SHARES

फाइल तस्विर

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को विजेताको रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ।

सिटीले घरेलु मैदानमा पिएसजीलाई २-१ गोल अन्तरले हराउँदै समूहमा अन्तिम खेल अगाडि ४ अंकको स्पष्ट अग्रता लिएको हो।

पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा पिएसजीले अग्रता लियो।

खेलको ५० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै फ्रेन्च टिमलाई सुरूवाती अग्रता दिलाए। ६३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

मेसी, नेयमार र एम्बाप्पेले केही राम्रा गोल गर्ने मौका खेर फालेका थिए।

यसैबीच खेलको ७६ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेका ग्याब्रीएल जेससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलमा गोल भएन र खेल सिटीले जित्यो।

योसँगै सिटी ५ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहने पक्का भएको छ। दोस्रो स्थानमा रहेको पिएसजीको समान खेलबाट ८ अंक छ।

समूहमा लाइप्जिङ र ब्रुगको समान ४-४ अंक छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा