मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

म्यान्चेस्टर सिटीबिरुद्धको खेलमा रामोसले आज पिएसजी डेब्यु गर्ने


  • KTM Khabar
  • बुधबार, मंसिर ८ २०७८
646
SHARES

सर्जियो रामोस

सर्जियो रामोसले च्याम्पियन्स् लिग अन्तर्गत आज राति म्यान्चेस्टर सिटीसँग हुने खेलमा डेब्यु गर्ने पक्का भएको छ ।३५ वर्षिय रामोस जुलाईमा रियाल मड्रिड त्याग्दै पीएसजी आए यता आफ्नो पिडूलाको चोटका कारण मैदानमा उत्रन पाएका छैनन् ।

सिटीबिरुद्ध आज राति हुने खेलमा रामोस शुरुवाती ११ मा नै मैदानमा उत्रने सम्भावना उच्च रहेपनि क्लबले खेलको दौरान कुनै समयमा रामोसलाई मैदानमा उतार्नेछ,त्यो भने आधिकारिक बाहिर आएको छैन ।

सिटी र पीएसजीबिचको खेल आज राति पौने २ बजेबाट शुरु हुनेछ । च्याम्पियन्स् लिगको समूह ए मा रहेको दुबै टोलि आजको खेल जित्दै नकआउट चरणमा आफ्नो स्थान पक्कका गर्ने दाउँमा रहनेछ । सिटी ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ भने समान खेलबाटै पीएसजी ८ अंकका साथ दोश्रो स्थानमा छ । ।

रामोस पछिल्लो केही दिनयता बिना कुनै समस्या टोलिसँग पूर्ण प्रशिक्षण गर्दै मैदानमा देखा परेका छन् । रामोस जुलाईमा रियाल छोड्दै पीएसजीमा आबद्ध भएका थिए ।

रामोसले सन् २०१० मा स्पेनबाट फिफा विश्वकप,दुई वटा युरोकप र रियालका लागि चारपटक च्याम्पियन्स् लिगको उपाधि जितेका छन् । जारी च्याम्पियन्स् लिगको समूह ए मा रहेका पीएसजी र म्यान सिटीबिचको खेल निक्कै तिव्र प्रतिक्षाको विषय समेत बनेको छ ।

समूह ए मा सिटी ९ अंकका साथ शिर्ष स्थानमा छ भने पीएसजी ८ अंकका साथ दोश्रो स्थानमा छ । दुबै टोलि खेल जित्दै शिर्ष स्थानमा पकड जमाउन चाहन्छ । पीएसजीले खेल जितेमा सिटीलाई पछि पार्दै शिर्ष स्थानमा उक्लने मौका छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा