शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मेसी र एम्बाप्पेको गोलमा पिएसजीको सहज जित


  • आइतबार, मंसिर ५ २०७८
10K
SHARES

फाइल तस्विर

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता बढाएको छ। शनिबार राति नान्टेसलाई ३-१ गोल अन्तरमा हराउँदै पिएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको हो।

घरेलु मैदानमा पिएसजीलाई जिताउन लिओनल मेसी र केलियन एमबाप्पेले १-१ गोल गरे। थप एक गोल उपहार पाएको थियो। नान्टेसका लागि रण्डाल कोलो मुआनीले गोल गरेका थिए।

पिएसजीले खेलको दोस्रो मिनेटमै एम्बाप्पेको गोलबाट सुरूवाती अग्रता लिएको थियो।

पहिलो हाफसम्म १-० गोलले अग्रता लिएको पिएसजी दोस्रो हाफमा १० खेलाडीमा समित भएको थियो।

खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो।

१० खेलाडीमा समेटिएको प्रत्यक्ष फाइदा उठाउँदै खेलको ७६ औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

तर खेलको ८२ औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

त्यसपछि खेलमा ३ मिनेट बाँकी हुँदा लियोनल मेसीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए। मेसीको यो पहिलो लिग वान गोलसमेत हो। पीएसजीका लागि ६ खेल खेल्दा शनिबार पहिलो गोल गरेका हुन्। उनी यसै समरमा क्याटलान क्लब बार्सिलोना छाड्दै पीएसजी आएका थिए।

जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोडेको छ। पराजित नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा