इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले लाजियो र फियोरेन्टिनाले एसी मिलानलाई पराजित गरेको छ ।
शनिबार राति भएका दुई छुट्टाछुट्टै खेलमा युभेन्ट्सले लाजियोलाई २-० गोल अन्तरले हराउँदा मिलान फियोरेन्टिनासँग ४-३ गोल अन्तरले पराजित भएको हो ।
जितसँगै युभेन्ट्सले १३ खेलमा २१ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको सातौं स्थानमा रहेको छ । लाजियो २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस हारसँगै मिलानले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । मिलान १३ खेलमा ३२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
फियोरेन्टिना २१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।