शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्ने


  • शुक्रबार, मंसिर ३ २०७८
8.2K
SHARES

फाइल तस्विर

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढङ्गले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौँ,’ राष्ट्रपति बाइडेले भने ।

कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो ।

सोमबार बाइडेन र चीनका राष्ट्रपतिबीच भर्चुअल बैठक सम्पन्न भएको थियो ।

करिब चार घण्टा लामो सो बैठकमा दुवै नेताहरूले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाईटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन् । कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन् ।

चीनमा भइरहेका मानव अधिकार दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिक नेताहरूले बताउँदै आएका छन् ।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुअरीदेखि सुरु हुँदै छ ।

चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा