शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रोनाल्डोलाई पछि पार्दै मेसीले जिते गोल ५० अवार्ड


  • बिहिबार, मंसिर २ २०७८
10.1K
SHARES

फाइल तस्विर

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् । उनले पोर्तुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पारेको हो ।

भोटिङका आधारमा रोनाल्डोलाई थोरै मत अन्तरले पछि पार्दै मेसीले अवार्ड हात पारेका हुन् । यो सँगै मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी गरेका छन् । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् ।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले तेस्रो तथा इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले चौथो स्थान हासिल गरे । फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे पाँचौ स्थानमा रहे ।

महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन् । इरेनी पारेडेस दोस्रो तथा एसिसाट ओसोएला तेस्रो स्थानमा रहे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा