ब्राजिलियन फरवार्ड नेयमारले फिफा विश्वकप २०२२ छनौट अन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् ।
ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) ले नेयमारले खुट्टाको मांसपेशीमा चोट लागेका कारण अजेन्टिनाविरुद्धको खेल गुमाउने भएको भएको जनाएको छ ।
ब्राजिलले बुधबार घरेलु टोली अर्जेन्टिनाविरुद्ध खेल्दैछ । यद्यपी ब्राजिल यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपका लागि छनौट भईसकेको छ ।
१२ खेलबाट ३४ अंकसहित १० टोलीको दक्षिण अमेरिकी क्षेत्रको शीर्ष स्थानमा रहेको ब्राजिल दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंकले अगाडि छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।