विश्वकप २०२२ को युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ए को खेलमा सर्बियासँग पराजित भएपछि पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मुख्य प्रशिक्षक प्रशिक्षक फर्नान्डो सान्तोससँग निराश भएका छन् ।
स्पोर्ट लिस्बाओ स्टेडियममा गयराति भएको समूह चरणको महत्वपूर्ण खेलमा सर्बियासँग २–१ गोल अन्तरले पराजित भएसँगै रोनाल्डो प्रशिक्षक फर्नान्डोसँग निराश बनेका हुन् ।
जितसहित सर्बियाले अर्को वर्ष कतारमा हुने विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गर्यो । घरेलु भुमिमै हार बेहोर्न बाध्य बनेको पोर्चुगलले भने अब प्ले अफको विकल्प अपनाउँदै विश्वकपमा पुग्ने बाटो रोज्नुपर्ने भएको छ।
खेलको दोश्रो मिनटमा रेनाटो सान्चेजले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३३औं मिनटमा दुसान तादिक ले गोल फर्काउँदै सर्बियालाई पहिलो हाफको समयमा १–१ गोलको बराबरी अवस्थामा पुर्याए ।
यसपछि खेलको अन्तिम मिनटमा तादिकले मिलाएको पासमा एलेक्सान्दर् मित्रोविचले गोल गर्दै सर्बियालाई रोमाञ्चक जित दिलाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।