शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली महिला टिम


  • मंगलबार, कार्तिक ३० २०७८
8.4K
SHARES

फाइल तस्विर

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो ।

आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ । सिरिजको पहिलो खेल आज हुँदैछ । सिरिज खेल्न नेपाली टोली आइतबार नै कतारको दोहा पुगिसकेको छ ।

खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ भने शुक्रबार युएई प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टी-२० विश्वकपको रोडम्यापको रुपमा रहेको एसिया छनोटमा नेपाल र यूएईसहित मलेसिया, हङकङ, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

छनोट प्रतियोगिता नोभेम्बर २२ देखि २८ सम्म हुनेछ । नेपालले पहिलो खेल नोभेम्बर २२ मा हङकङसंग खेल्नेछ । सिंगल लिगको खेलपछि शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

नेपालको महिला क्रिकेट टिमले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हुन् । सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थिएन ।

झण्डै दुई वर्षपछि महिला टिमले अन्तर्राष्ट्रियस्तरको म्याच खेल्न लागेको हो ।

टी-२० विश्वकप एसिया छनोटकै लागि नेपाली टिमले गत साता बंगलादेश भ्रमण गर्दै त्यहाँको स्थानिय टिमसँग तीन खेलको अभ्यास सिरिज खेलेको थियो । तर त्यो आधिकारिक प्रतियोगिता भने थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा