‘फिफा २२’ ले वर्ष २०२१ का लागि उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ । मेस्सीले कूल १०० मध्ये ९३ रेटिङ पाएर पहिलो स्थानमै रहन सफल देखिएका छन् भने रोनाल्डो ९१ पाएका छन् । दोस्रो स्थानमा रहेका बार्यनका लेवान्डोस्कीले ९२ पाएका छन् ।
उसले विभिन्न आधारमा यस वर्षको सुरुआतदेखि हालसम्मका उत्कृष्ट १०० खेलाडीको सूची हिजो प्रकाशित गरेको हो । सामान्य अर्थमा ‘फिफा २२’ले यसलाई ‘प्लेयर रेटिङ’का रूपमा घोषणा गर्ने गर्छ । यसपटक पनि उसले उत्कृष्ट प्रदर्शन गर्ने १०० जना खेलाडीलाई सूचीमा समावेश गरेको छ ।
टप–१०० सूचीमा यसै समर विन्डोमा स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजीमा अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी, जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्की, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले शीर्षमा स्थान लिएका छन् । यी खेलाडीको बढ्दो उमेरमा भए पनि ‘फिफा २२’ को रेटिङमा अझै पनि अघि नै रहेका छन् ।
रोनाल्डो र मेस्सीले करिअरमा पहिलोपटक यस वर्ष एकै समर सिजनमा क्लब परिवर्तन गरेका हुन् । मेस्सी १७ वर्ष खेलेको बार्सिलोना छाडेर पिएसजी पुगे भने रोनाल्डो ३७ वर्षको उमेरमा इटालियन क्लब युभेन्टस छाडेर पूर्वक्लब म्यानचेस्टर युनाइटेड पुगे । पछिल्लो समय रोनाल्डोले उच्च लयमा खेलिरहेका छन् भने पिएसजीमा पुगिकन मेस्सीको प्रदर्शन भने लयमा छैन । तैपनि, मेस्सी ‘फिफा २२’ को रेटिङमा सबैभन्दा अघि रहन सफल भएका छन् ।
३४ वर्षका मेस्सीले कूल १०० मध्ये ९३ रेटिङ पाएका छन् । उनीभन्दा पछि बार्यनका लेवान्डोस्कीले ९२ पाएका छन् भने तेस्रो स्थानमा रहेका ३७ वर्षका रोनाल्डोले ९१ पाएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।