पोर्चुगललाई हराउँदै सर्बिया आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ। आइतबार युरोपियन छनोटमा पोर्चुगललाई २-१ गोलले हराउँदै समूह ए बाट सोझै छनोट भएको हो।
सुरुवाती अग्रता जोगाउन नसक्दा सर्वियासँग स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो।
पोर्चुगललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त हुने भए पनि हार बेहोर्न पुग्दा विश्वकपमा छनोट हुन नसकेको हो। अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नुपर्नेछ।
सर्वियाको जितमा डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे। लिस्वोआमा आइतबार राति भएको खेलमा पोर्चुगलले खेलको दोस्रो मिनेटमै रेनाटो सान्चेजको गोलबाट सुरूवाती अग्रता लिएको थियो। उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए।
तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन। खेलको ३३औं मिनेटमा डुसान टाडिकले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
१-१ गोलको बराबरीमा सकिन लागेको खेलको अन्तिम मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियालाई ऐतिहासिक जित दिलाए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।