शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रसियालाई पन्छाउँदै क्रोएसिया विश्वकपमा छनोट


  • सोमबार, कार्तिक २९ २०७८
11.5K
SHARES

फाइल तस्विर

रसियालाई हराउँदै क्रोएसियाल आगामी वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ।

रसियाबाट पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसिया समूह एचबाट विश्वकपमा सोझै छनोट भएको हो।

घरेलु मैदानमा आइतबार राति क्रोएसियाले रसियालाई १–० ले स्तब्ध पारेको हो। फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

विश्वकपमा सोझै छनोट हुन क्रोएसियालाई जित आवश्यक थियो। रसियालाई बराबरी नै पर्याप्त रहे पनि त्यो नतिजा आत्मसात गर्न सकेन। छनोटमा क्रोएसियाले रसियालाई १ अंकले पछि पारेको हो।

योसँगै क्रोएसियाले १० खेलबाट २३ अंक जोड्दा समान खेलबाट रसिया २२ अंक जोडेर दोस्रो स्थानमा रह्यो। रसियाले अब विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्नेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा