शनिबार, साउन ३० २०८३
ताजा अपडेट

स्वीडेनलाई हराउँदै स्पेन विश्वकपमा छनोट


  • सोमबार, कार्तिक २९ २०७८
9.3K
SHARES

फाइल तस्विर

स्वीडेनलाई हराउँदै स्पेन विश्वकप २०२२ मा सोझै छनोट भएको छ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत समूह समूह बी बाट स्पेन आगामी वर्ष कतारमा हुने फिफा विश्वकपमा सोझै छनोट भएको हो।

घरेलु मैदानमा स्पेनलाई जिताउन वैकल्पिक फरवार्ड अल्भारो मोराटाको निर्णायक गोल गरे।

सेभियामा आइतबार राति भएको खेलमा घरेलु टोली स्पेनले बल पोसेसन राख्दै पाहुना टोलीलाई लगातार दवावमा राखे पनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको ८६औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मोराटाले ओल्मोको पासमा उत्कृष्ट गोल गर्दै स्पेनलाई १-० को जित दिलाए। मोराटा ५९औं मिनेटमा पाब्लो सारावियाको स्थानमा मैदान छिरेका थिए।

स्वीडेनलाई विश्वकपमा सोझै छनोट हुन निश्चित जितको आवश्यक रहे पनि त्यो नतिजा आत्मसात गर्न सकेन। पराजित स्वीडेनले अब विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ ।

यो जितसँगै स्पेनले समूह ‘बी’ मा ८ खेलबाट १९ अंक जोड्यो। स्वीडेन १५ अंक जोडेर दोस्रो स्थानमा रह्यो। ग्रीस १० अंक जोडेर तेस्रो स्थानमा रह्यो । कोसोभो ५ अंक जोडेर पुछारमा रह्यो। जर्जिया ७ अंकसहित चौथो स्थानमा रह्यो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा