फ्रान्सको राष्ट्रिय टोलिको प्रशिक्षणको क्रममा तिघ्रामा चोट लागेको कारण पल पोग्बा टोलीको अन्तिम दुई विश्वकप छनोट खेलबाट बाहिर भएका छन् ।
पाउल पोग्बाले तिघ्रा चोट लागेको कारण फ्रान्सको विश्वकप छनोटको अन्तिम दुई खेल गुमाउने भएका हुन् ।
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर सोमबार सुटिङ्ग ड्रिलको क्रममा घाइते भएका थिए । चोटका कारण पोग्बा मैदानमै लडेका थिए ।
पोग्बाले ड्रिलको समयमा बल प्रहार गर्न साथ तिघ्राको माँशपेशीमा समस्या महसुस गरेको र एक्कासी दुखाईबाट चिच्याउँदै लडेका थिए ।
त्यसपछि फ्रान्सेली फुटबल महासंघले पोग्बाले शनिबार कजाख्स्तान र तीन दिनपछि फिनल्याण्डबिरुद्ध हुने खेलका लागि खेल्न नसक्ने पुष्टि गरेको थियो ।
महासंघले उनको स्थानमा जोर्डन भेरेटाउटलाई टोलिमा बोलाएको छ । पोग्बाले लगतै राष्ट्रिय टोलिको प्रशिक्षण छोडर घर फर्किएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।