च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पीएसजी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।
एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरे पनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो । लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे ।
बराबरीसँगै पीएसजी ४ खेलमा ८ अंकसहित दोस्रो स्थानमा झरेको छ । पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।