शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

टी २०-विश्वकप भारतको सेमी फाइनल नपुग्दै नराम्रो संग बाहिरिने लक्षण !


  • बुधबार, कार्तिक १७ २०७८
9.3K
SHARES

फाइल तस्विर

आइसिसी टि २० विश्वकपमा लगातार दुई पराजय भोगेको भारतीय टोलीले बिस्श्वकपबाट बाहिरिने लक्षण देखाएको छ ।   आज अफगानिस्तानसँग खेल्दै छ खेल हारेको खण्डमा भारत बाहिरिने छ ।

पहिलो खेलमा भारतीय टोली पाकिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो । अब टोलीले सेमिफाइनल पुग्नका लागि आजको खेल जसरी पनि जित्नुपर्नेछ ।

टोलीले ठूलो मतान्तरले जित्ने कुरा पनि ध्यानमा राख्नुपर्छ । आजको खेलमा विराटको टोलि हार्यो भने विश्वकपबाट पूर्ण रुपमा बाहिर हुनेछ ।

अफगानिस्तानको कुरा गर्ने हो भने उनीहरुले पनि यो खेलमा पूरा जोड दिनेछन् ।

पाकिस्तानविरुद्धको खेलमा अफगान खेलाडीले बाबरको टोलीको अवस्था दयनीय बनाएको थियो ।

पाकिस्तान र न्युजिल्याण्डविरुद्धको खेलमा भारतीय टोलीको प्रदर्शनलाई हेर्दा अफगानिस्तानको टोलीले पनि भारतलाई कडा चुनौती दिनेछ भन्नु गलत हुनेछैन ।

दुई वर्षअघि खेलिएको २०१९ मा भएको एकदिवसीय विश्वकपमा पनि अफगानिस्तान भारतलाई चुनौती बनेको थियो । सो विश्वकपमा भारत र अफगानिस्तानबीच निकै रोमाञ्चक खेल खेलिएको थियो र खेलभर अफगानिस्तानको टोलीले भारतमाथि हावी रहेको थियो ।

जारी विश्वकपको समूह २ मा रहेको अफगानिस्तान ३ खेलमा ४ अंकका साथ समूहका

दोश्रो स्थानमा छ भने लगातार दुई खेलमा हारको सामना गरेको भारत अंकविहिन रहँदै पाँचौ स्थानमा छ ।

यस समूहमा लगातार चार खेलम जित निकाल्दै ८ अंक बटुलेको पाकिस्तान भने सेमिफाईनलमा पुगिसकेको छ ।

प्रत्येक समूहबाट शिर्ष दुई टोलिले अन्तिम चारमा स्थान बनाउने भएकोले आजको खेलमा भारत हारे विश्वकपबाट बाहिरिनेछ भने अफगानिस्तानले जित सेमिफाईनलको सम्भावनालाई बलियो बनाउनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा