लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ।
आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आवेदन खुला गरेको हो। २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो।
लिखित परीक्षा आयोगले सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ।
अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ। मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ।





खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।