शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बन्द भयो बालोन डिओर अवार्डको भोटिङ 


  • बिहिबार, कार्तिक ११ २०७८
10.2K
SHARES

फाइल तस्विर

२०२१ मा दिइने प्रतिष्ठित बालोन डिओर अवार्डका लागि भोटिङ कार्य सकिएको छ । गत आइतबार राति १२ बजेसम्म यस वर्षको अवार्डका लागि भोटिङ अवधि खुला गएिको थियो । गत राति १२ बजेर नाघेसँगै अवार्डका लागि भोटिङ अवधि बन्द भएको हो ।

यस वर्षको अवार्डको अन्तिम घोषणा आगामी नोभेम्बर २९ तारिखमा फ्रान्समा हुँदैछ । यसअघि आयोजक ‘फ्रान्स फुटबल’ ले उत्कृष्ट ३० खेलाडीलाई समावेश गरेर सुरुआती मनोनयन घोषणा गरेको थियो । अब टप–३० बाट टप–१० र त्यसअछि टप–५ घोषणा गरेर विजेता पनि घोषणा गरिनेछ ।

यस वर्ष अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्की, फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका लिओनल मेस्सी र इंग्लिस क्लब चेल्सी तथा इटालीका जर्जिन्होबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । धेरैले यस वर्ष अवार्डमा मेस्सी र लेवानडोस्की भिड्ने अनुमान गरेका छन् ।

गत वर्ष पनि यो अवार्ड कोरोना महामारीलाई कारण देखाउँदै रद्द गरिएको थियो । सो वर्ष बार्यनका लेवान्डोस्की निर्विवाद एक्ला दाबेदार थिए । तर, अन्तिम समयमा अवार्ड नै रद्द हुँदा उनी नमज्जाले ठगिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा