शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बार्सिलोनले गर्याे कोमानलाई प्रशिक्षकबाट बर्खास्त


  • बिहिबार, कार्तिक ११ २०७८
9.7K
SHARES

फाइल तस्विर

बार्सिलोनाले रोनाल्ड कोमानलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ ।

क्लबले स्पेनिस लालिगा अन्तर्गत बुधबार रति रायो भालेकानोसँगको खेलमा पराजित भए लगतै कोमानलाई पदबाट बर्खास्त गरेको हो ।

बार्सा गएराति लालिगाको खेलमा रायो भालोर्कासँग १–० गोल अन्तरले पराजित भएको थियो । यो बार्साको पछिल्लो चार खेलमा तेश्रो हार समेत हो ।

कोमानको नेतृत्वमा जारी सिजन बार्साको निकै खराब प्रदर्शनले निरन्तरता पाईरहेको छ । जारी सिजनको लालिगामा बार्साको १० खेलमा जम्मा १५ अंक छ भने च्याम्पियन्स् लिगमा दुईवटा खेलमा हारको सामना गरिसकेको छ ।

लालिगामा बार्सा नवौं स्थानमा छ भने शिर्ष स्थानमा रहेका चार क्लब रियाल मड्रिड,सेभिया,रियाल बेटिस र रियाल सोसिडाडको भन्दा ६ अंक कम छ ।

शिर्ष चारमा रहेका सबै चार क्लबको समान २१ अंक नै छ ।

नेदरल्याण्ड्स,एभर्टन र साउथह्याम्प्टनका ५८ वर्षिय पूर्व प्रशिक्षक समेत रहेका कोमानले गत सिजन पनि बार्सालाई तेश्रो स्थानमा पुर्याएका थिए ।

बार्साको खस्कदो आर्थिक अवस्थाका कारण बार्साले आफ्नो स्टार खेलाडी लियोनल मेस्सीर्ला गुमाउन परेको थियो । बार्सा यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा