शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानका क्रिकेट कप्तान राष्ट्रिय गान बज्दा मैदानमै आँसु खसाले


  • मंगलबार, कार्तिक ९ २०७८
9.5K
SHARES

फाइल तस्विर

युनाइटेड अरब इमिरेट्समा अहिले आइसिसी टी २० पुरुष विश्वकप प्रतियोगिता चलिरहेको छ । यसै बिच तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानका क्रिकेट कप्तान राष्ट्रिय गान बज्दा मैदानमै आसु खसालेका तस्बिर बाहिरीएका छन् ।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानले पनि विश्वकप खेलिरहेको छ। अफगान खेलाडीका लागि भने अरू देशको जस्तो सहज छैन। अमेरिकी सेनाले काबुल छोड्दा तालिबानको डरले मानिसहरू जहाजमा झुन्डिएको तस्बिरले संसारलाई भावुक बनाएको थियो। अतिवादी विचार राख्ने तालिबानहरूले क्रिकेटलाई अगाडि बढ्न दिन्छन् कि दिन्नन भन्ने टुंगो छैन।

काबुलको सत्ता चलाइरहेका तालिबानहरूले अहिले पहिलाको झन्डा र राष्ट्रिय गान पनि प्रयोग नगर्ने बताएका छन् तर नयाँ पनि बनाइसकेका छैनन्।

सोमबार शारजाँह रंगशालामा स्कटल्यान्डविरूद्ध खेल्न उत्रिँदा आइसिसीले अफगानिस्तानको यसअघिकै झन्डा र राष्ट्रिय गान प्रयोग गरेको थियो। आफूले वर्षौंसम्म गाएको राष्ट्रिय गान गाउँदा अफगान खेलाडी भावुक बनेका थिए। कप्तान मोहम्मद नाबीले त आफूलाई सम्हाल्न सकेनन्। उनका आँखाबाट आँशु आइहाल्यो। नाबी भक्कानिएको त्यो तस्बिर अहिले अफगान सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चर्चामा छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा