स्पेनिस ला लिगामा आज (आइतबार) सम्पन्न एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ ।
खेलमा घरेलु टोली बार्सिलोना मड्रिडसंग २–१ गोल अन्तरले हारेको छ। क्याम्प नोउमा सम्पन्न भएको खेलको ३२ औं मिनेटमा रोड्रिगोको पासमा डेबिड अलाबाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए।
लुकास भाजक्वेजले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए। यस लगत्तै बार्सिलोनाका सर्जियो अग्युरो गोल गर्न सफल भए। रियलले २–१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो।
९ खेलबाट २० अंक जोडेको मड्रिड अंकतालिकाको शीर्षस्थानमा छ । यस्तै समान खेलबाट १५ अंक जोडेको बार्सिलोना ९ औं स्थानमा छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।