शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

टी-२० विश्वकप : भारतले पानी पिउन पाएन, पाकिस्तानले गर्‍यो राम धुलाई


  • आइतबार, कार्तिक ७ २०७८
13.5K
SHARES

फाइल तस्विर

शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले टी-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।

सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो । कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो ।

हालसम्म विश्वकपमा भारत र पाकिस्तान १३ पटक भिडेका छन्, जसमा भारत हावी थियो ।

शारजाहमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना विकेटको क्षति पूरा गर्यो । उसका लागि रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का मद्दतमा अविजित ७८ रन बनाए भनेकप्तान बाबरले ५२ बलमा६ चौका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । भारतको सुरूवात निकै खराब थियो । घातक बलिङ गरेका पाकिस्तानका शाहीन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा नै रोहित शर्मालाई शुन्यमा एलबीडब्लू धरापमा पारेका थिए भने तेस्रो ओभरको पहिलो बलमा केएल राहुललाई बोल्ड गरे ।

सूर्यकुमार यादव पनि ११ रनमा पभेलियन फर्किएपछि भारतले ३१ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । उसको लागि कप्तान विराट कोहली र ऋषभ पन्तले ५३ रनको साझेदारी गरे । तर पन्तले ३० बलमा ३९ रन जोडे ।

त्यसपछि भारतीय व्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । कप्तान कोहलीले ४९ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ५७ रन बनाए । रवीन्द्र जडेजाले १३ र हार्दिक पाण्डेयले ११ रन बनाए । भुवनेश्वर कुमार ५ र मोहम्मद शामी शुन्यमा अविजित रहे ।

पाकिस्तानका लागि अफ्रिदीफे ३ विकेट लिए । यस्तै हशन अलीले २ तथा शदाब खान र हरिस राउफले समान १ विकेट लिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा