इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा रोनाल्डोकै बेइज्जत हुने गरी लिभरपुले होम ग्रउण्डमै युनाइटेडको ०–५ गोल अन्तरले राम धुलाइ गरेको छ ।
आज राति भएको सिजनको पहिलो लिग खेलमा पाहुना टोली लिभरपुलले युनाइटेडलाई उसकै घरेलु मैदानमा ०–५ को फराकिलो अन्तरमा बेइज्जतीपूर्ण हार चखाएको हो । दुई वर्षअघिको लिग च्याम्पियन लिभरपुललाई ओल्ड ट्राफोर्ड रंगशालामा रवाफिलो जित दिलाउन मोहमद सालाहले रोमाञ्चक ह्याट्रिक गोल गरे।
घरेलु टोली युनाइटेड खेलको ६०औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो ।
आफ्नो मैदानमा युनाइटेड खेलको १३औं मिनेटभित्रै ०–२ ले पछि परेको थियो । पहिलो हाफमा युनाइटेड ०–४ ले पछि परेको थियो ।
युनाइटेडले प्रिमियर लिग इतिहासमै पहिलोपटक पहिलो हाफमा ४ गोल खाएको हो । ओल्ड ट्राफोर्डमा युनाइटेडको धुलाइ गर्नेक्रममा पहिलो गोल पाँचौं मिनेटमै केइटाले गरेका थिए । त्यसपछि क्रस पासमा १३औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि लिभरपुलले ०–२ को अग्रता बनायो ।
त्यसपछि इजिप्टिएन फरवार्ड सालाहले लगातार ३ गोल ठोकेर आफ्नो ह्याट्रिक पूरा गरे । उनले पहिलो गोल ३८औं मिनेटमा गरे भने पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले पहिलो हाफमा युनाइटेडलाई ०–४ ले पछि पारेको थियो ।
त्यसपछि दोस्रो हाफ सुरु भएको ५ मिनेटमै सालाहले व्यक्तिगत तेस्रो गोल गरेर आफ्नो ह्याट्रिक पूरा गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।