माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको पहिलो पटक फाइनल सम्म पुगेर उपविजेता बनेर इतिहास रचेको छ । फाइनल खेल भने भारतले जितेको छ । पहिलो पटक नेपाल साफको फाईनलमा पुगेको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीकै कारण पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल सम्म नेपाल पुगेको हो ।
मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।
पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो
नेपालले साफमा समूह चरणको खेलमा चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
निकै बलियो टिम मानिएको भारतलाई विरुद्ध गोल गर्न नेपाललाई निकै हम्मे हम्मे पर्यो । नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । फाइनल खेलमा भारतसँग पराजय भएसँगै नेपाल उपविजेतामा सिमित भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।