नेपाली फुटबलका प्रमुख र सफल प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले म नोकर होइन प्रशिक्षक हुँ, शनिवार फाइनल खेल्नेछौँ त्यसपछि अब कहिल्यै नेपाल फर्किने छैन भन्ने अभिव्यक्ति दिएर अल्मुताइरी दुखी बनेका छन् । उनको साङ्केतिक रूपमा एन्फाप्रति दुखेसो रहेको हुन सक्ने एक फुटबल जानकार बत्ताउँछन् । उनलाई नेपाली फुटबल प्रेमीहरूले मन पराई रहेको अवस्थामा उनको अभिव्यक्ति आउनु अर्थपूर्ण रूपमा लिइएको छ ।
नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । यससँगै नेपालले फाइनलमा स्थान बनाएको छ । नेपालले साफ च्याम्पियनपसिपको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो।
तर, प्रशिक्षक अल्मुताइरीले भने आफूले टिमलाई ऐतिहासिक सफलता दिलाएको भन्दै साफको फाइनलपछि आफू नेपाल नफर्किने बताए।
‘‘अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् । एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ। हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन।’’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।