आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

नेपाली फुटबल लाई शिखर चुमाउने प्रशिक्षक तर चरम राजनीतिकरण हुने एन्फाले यो कुरा बुझ्दैन !


  • KTM Khabar
  • बुधबार, असोज २७ २०७८
1.4K
SHARES

फाइल तस्विर

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी नेपाली फुटबललाई शिखर चुमाउने इतिहास लेख्ने एक मात्र मान्छे हुन भन्दा फरक पर्दैन ।

जारी साफ फुटबलमा नेपाली टोली पहिलो पटक फाइनलमा प्रवेश गरे सँगै अलमुताईरीको योगदान नेपाली फुटबल माथि उठाउनुमा अतुलनीय र अविस्मरणीय बन्ने भएको छ ।

यता केही समय अगाडि अलमुताईरी र एन्फा बिच विवाद भएको थियो । नेपाली फुटबललाई उचाइमा पुर्‍याउने कोच र एन्फा बिच विवाद भएरै अलमुताईरीले राजीनामा समेत दिएका थिए ।

अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बांग बिचको विवादले झन्डै प्रशिक्षक अलमुताईरीले नेपाली फुटबलबाट हात झिकेका थिए ।

यदि नेपाली फुटबलको प्रशिक्षक अलमुताईरी थिएनन् भने यो नतिजा आउन सक्ने सम्भावना कम थियो । गोलको खडेरी लागेको अधस्थमा अलमुताईरीले नेतृत्व समाले पछि फुटबलले उचाइ लिएको एक जानकार बताउँछन् ।

अब्दुल्लाहले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बांगले आफूलाई तनाव दिइरहेको बताउँदै उनकै कारणले राजीनामा दिने बताबरण सिर्जना भएको बताएका थिए । तर एन्फा नेतृत्वले उनलाई राजीनामा नदिन आग्रह गरेको थियो र उनी अडिएका थिए ।

अलमुताईरी अडिएकै कारण साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले यात्रा तय गरेको छ । तर एक फुटबल जानकारका अनुसार नेपाली फुटबल अगाडी आउन नसक्नुमा एन्फाका पदाधिकारी हरूको चरम राजनीतिकरण र भ्रष्ट मानसिकता भएको बताउँछन् ।

भ्रष्ट पदाधिकारी र एन्फाको राजनीतिले गर्दा फुटबल माथि आउन नसकेको अवस्थामा अलमुताईरीले त्यसलाई चिरेर युवा खेलाडीलाई ठाउँ दिएर फुटबल लाई उचाइ दिलाएको बताउँछन् । तर एन्फामा चरम राजनीति र भ्रष्टाचारले सक्षम मान्छे नटिक्ने स्रोत बताउँछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा