शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

एम्बाप्पेकी आमा भन्छिन्, ‘पीएसजीसँग करार नवीकरणबारे छलफल सकारात्मक दिशामा’


  • बिहिबार, असोज २१ २०७८
7.8K
SHARES

फाईल तस्बिर

किलियान एम्बाप्पे रियल म्याड्रिड आउने चर्चा चलिरहेका बेला उनी पेरिस सेन्ट जर्मेनमा नै रहने ढोका भने बन्द भइसकेको छैन । एम्बाप्पेकी आमा फायजा लमारीले उनको क्लबसँग करार थप गर्ने विषयमा छलफल चलिरहेको र सो विषय सकारात्मक दिशामा अघि बढिरहेको उनको भनाइ छ ।

गत ट्रान्सफर विन्डोमा रियल म्याड्रिड जाने सपना पूरा नभएकोमा एम्बाप्पे निराश छन् । जनवरीमा उनले लस ब्लाङ्कोससँग पूर्व करार गर्ने सम्भावना पनि रहेको छ । तर, पीएसजी र उनको परिवारले उनलाई दबाबमा राख्ने खतरा पनि रहेको छ ।

हामीले अहिले पीएसजीसँग कुराकानी गरिरहेका छौँ र सबै कुरा राम्रोसँग अघि बढिरहेको छ,’ एम्बाप्पेकी आमाले पारेसिनसँग कुराकानी गर्दै भनिन्, ‘मैले हिजो राति लियोनार्डोसँग कुराकानी गरेँ । एउटा कुरा स्पष्ट छ, च्याम्पियन्स लिग जित्नका लागि किलियानले आफ्नो शतप्रतिशत दिनेछन् ।’

​पीएसजीसँग करार सम्झौता नवीकरणको बारेमा कुरा गरिरहँदा लमारीले पनि एम्बाप्पेको सपना भनेको एक दिन रियलका लागि खेल्नु नै रहेको स्वीकार गरिन् । ‘पीएसजीका फ्यानहरू खुसी छैनन् तर एम्बाप्पेको सपना पीएसजी र रियलका लागि खेल्नु हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा