शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बेंगलाेरमाथि हैदरावादकाे राेमाञ्चक जित


  • बिहिबार, असोज २१ २०७८
7.1K
SHARES

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएकाे खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ ।

अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाएपछि हैदरावादले राेमाञ्चक जित हात पारेकाे हाे ।

बैंगलोरका देवदूत पडिकलले सर्वाधिक ४१ र ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहँदै १९ रन बनाए पनि जितसम्म पुर्याउन सकेनन् ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक/एक विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

हैदरावादका लागि जासन रोयले ४४ र कप्तान केन विलियम्सनले ३१ रन बनाए ।बैंगलोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए ।

यस सिजन हैदरावादकाे याे १३ खेलमा तेस्राे जित हाे । पराजित बैंगलोर १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा