फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ ।
सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता इटली ३७ खेलमा अपराजित थियो ।
सान सिरोमा भएको खेलमा फेरानले १७औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । इटलीका लागि लरेन्जो पेलेग्रिनीले ८३औं मिनेटमा एक गोल फर्काए ।
४२औं मिनेटमा लियोनार्दो बोनुचीले रातो कार्ड पाएपछि इटली १० खेलाडीमा समेटिएको थियो ।यसं खेलमा स्पेनका १७ वर्षीय गाभीले राष्ट्रिय टिममा डेब्यु गर्दै स्पेनका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बने । स्पेनले अब उपाधिका लागि फ्रान्स र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।