स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा साविक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले पराजित गरेको छ ।
एट्लेटिकोलाई जिताउन घरेलु मैदानमा थोमसले २३औं र बार्सिलोनाकै पूर्व खेलाडी लुइस सुआरेजले ४४औं मिनेटमा गोल गरे । दुवैले एक अर्कालाई गोलका लागि सहयोग समेत गरेका थिए ।
यस जितले एट्लेटिकोले शीर्ष स्थानमा रहेको छिमेकी रियल मड्रिडसँग अंक बराबरी गरेको छ । एट्लेटिको ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको हो ।
एक खेल कम खेलेको रियल शीर्ष स्थानमा छ ।
बार्सिलोनाले भने ला लिगामा यस सिजन पहिलो हार बेहोरेको छ । ७ खेल खेल्दा तीन जित र तीन बराबरी र एक हारबाट १२ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । रियल र एट्लेटिको भन्दा बार्सिलोना ५ अंकले पछि छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।