आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

सन्दिपले मिचेल मार्श लगायतका ठूला क्रिकेटरलाई वरियतामा पछि पारे


  • KTM Khabar
  • बिहिबार, असोज ७ २०७८
3.4K
SHARES

फाईल तस्बिर

एकसाताको फरकमा नेपाली क्रिकेटर सन्दिप लामिछानेको एकदिवसीय वरियतामा पुनः सुधार भएको छ ।आईसीसीले बुधबार गरेको एकदिवसीय वरियताको नयाँ अपडेटमा सन्दिपको वरियतामा १२ स्थान सुधार भएको हो ।

नयाँ अपडेट अनुसार सन्दिप आईसीसी एकदिवसीय बलरहरुको वरियताको सूचीको ७९औं स्थानमा पुगेका छन् ।सन्दिपले भारतका हार्दिक पाण्ड्या, अष्ट्रेलियाका मिचेल मार्श, मार्कस स्टोइनिस र न्युजिल्यान्डका काइल जेमिसनलाई वरियतामा पछि पारेका छन् ।

बलरहरुको वरियतामा हार्दिक ८२ औं, मार्श ८४ औं, स्टोइनिस ८६ औं र जेमिसन ९७ औं स्थामा छन् ।सन्दिपले आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमानमा भएको त्रिकोणात्मक श्रृंखलाको ४ खेलमा ८ विकेट लिएका थिए ।

यस्तै लिग २ अघि भएको पीएनजीसँगको दुई खेलको एकदिवसीय श्रृंखलामा १० विकेट लिएका थिए ।यसअघि गत साताको वरियतामा सन्दिप पहिलोपटक एकदिवसीय बलरहरुको वरियताको सूचीमा एकसयौं स्थानभित्र परेको थिए । त्यस समयमा सन्दिपको वरियता ९१औं स्थानमा थियो ।

सन्दिपसँगै बंगलादेशका रुबेल होसेन पनि ४०० अंकका साथ ७९औं स्थानमा नै छन् ।एकदिवसीय वरियताको शिर्ष एकसय स्थान भित्र पर्ने सन्दिप नेपालका पहिलो बलर हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा