शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

साम्बा भएको भए २०/२५ गोल गर्थ्यौं : प्रशिक्षक ग्यारी फिलिप्स


  • बुधबार, असोज ६ २०७८
8.8K
SHARES

तस्विरः फाइल

नेपाली राष्ट्रिय महिला टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमन्स एसिया कप २०२२ को छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल हाबी भए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताएका छन् ।

मंगलबार उज्वेकिस्तानको ताश्केन्तस्थित जेएआर स्टेडियममा भएको समूह एफको दोस्रो खेलमा नेपालले वरीयतामा २५ स्थान माथि रहेको हङकङसँग गोलरहित बराबरी खेलेको थियो । नेपाललाई एसिनय कप छनोटको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने भए पनि नतिजा त्यस्तो आएन ।

पहिलो खेलमा आफ्नै गल्तीमा अन्तिममा दुई गोल बेहोरेपछि नेपाल अग्रता लिएर पनि फिलिपिन्ससँग २-१ ले पराजित भएको थियो ।

दुई खेलबाट १ अंक मात्र जोड्न सफल नेपाल एसियन कप होडबाट बाहिरियो ।

हङकङविरुद्ध खेलमा नेपालले पकड बनाए पनि गोल गर्न चुक्यो । यस्तो नेपालले सावित्रा भण्डारी साम्बालाई स्पष्ट रुपमा मिस गर्‍यो । प्रशिक्षक ग्यारीले पनि यो स्वीकार गरे ।

उनले साम्बा भएको भए नेपालले गोल गर्न सक्ने बताए । ‘साम्बाको अभाव टोलीलाई शतप्रतिशत महसुस भयो’ ग्यारीले भने,‘यदि आजको खेलमा साम्बा भएको भए सम्भवत हामीले हङकङलाई २०/२५ गोल गर्थ्‍यौं ।’

ग्यारी नेपालले सबै क्षेत्रमा राम्रो खेले पनि गोल गर्न मात्र नसकेको बताए । ‘हामीले सबै क्षेत्रमा राम्रो खेल्यौँ । तर पोष्टमा गोल गर्न मात्र सकेनौँ ।’

उनले फिलिपिन्स र हङकङ दुवै टिमविरुद्ध नेपालले राम्रो खेलेको समेत बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा