शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बायर्नको गोल वर्षा, शीर्ष स्थानमा उक्लियो


  • आइतबार, असोज ३ २०७८
8.7K
SHARES

साबिक विजेता बायर्न म्युनिखले भीएफएल बोचुमविरुद्ध ७–० को शानदार जीत हासिल गर्दै जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमध्ये ४ मा जीत र एकमा बराबरी गरेको बायर्नको १३ अङ्क रहेको छ । एक खेल कम खेलेको वुल्फसवर्ग १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

शनिबार सम्पन्न खेलमा लिरोय सानेले १७ औँ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा जोसुवा किमिचले अग्रता दोब्बर बनाए । लगत्तै सर्जी ग्नाब्रीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यतिर बोचुमले आत्मघाती गोल गर्‍यो ।

दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले अको गोल गरे भने किमिचले लगत्तै व्यक्तिगत दोस्रो गरे । एरिक म्याक्सिम चुपो मोटिङले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए । बायर्नले यो सिजन ५ खेलबाट २० गोल गरिसकेको छ ।

शनिबार नै भएका अन्य खेलमा आरबी लेइपजीग एफसी कोल्नसँग १–१ को बराबरीमा रोकियो भने बोरुसिया मोचेनग्लाडब्याच एफसी अग्सबर्गसँग १–० ले पराजित भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा