शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो


  • बिहिबार, भाद्र ३१ २०७८
11K
SHARES

फाइल तस्विर

लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन ।

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा हान्स भानाकेनले ब्रुगका लागि बराबरी गोल फर्काए ।त्यसपछि थप गोल हुन सकेन र पीएसजीले बराबरीमै चित्त बुझायो ।

पहिलो पटक सँगै मैदान उत्रेका मेस्सी, नेयमार र एमबाप्पेले ५१ मिनेटम सँगै मैदानमा बिताएका थिए । मेस्सी र नेयमारले पूरा समय खेले पनि एमबाप्पेले ५१औं मिनेटमा मैदान छाडेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा