फुटबलर मेस्सीले पेरिस सेन्ट जर्मेन पीएसजी बाट पहिलो पटक च्याम्पियन्स लिगको यात्रा तय गर्दै छन् । स्टर फुटबलर मेस्सीलाई समेटेर पीएसजीको फुटबल टीम समेत घोषण भई सकेको छ ।
पीएसजीले बुधबार राति हुने क्लब ब्रुगबिरुद्धको खेलका लागी मेस्सीलाई समेट्दै टोलि घोषणा गरेपछी उनले पहिलो पटक पीएसजीबाट च्याम्पियन्स लिग खेल्ने भएका हुन् ।
नयाँ सिजन २०२१–२२ को च्याम्पियन्स लिग आजबाट शुरु हुदै छ । समूह एमा रहेको फ्रेन्च क्लब पीएसजीले आफ्नो पहिलो खेलमा बेल्जियमको क्लब ब्रुगबिरुद्ध नेपाली समय अनु्सार आज राति १२ः५४ बजे प्रतिस्पर्धा गर्दै छ ।
अर्जेन्टिनाका सुपरस्टार मेस्सी बार्सिलोनाबाट गत महिना फ्रि एनैनटको रुपमा पीएसजीमा सामेल भएका थिए ।
मेस्सीले पीएसजीका लागी २४ मिनेट मात्र फुटबल खेलेका छन् । उनले विश्वकप छनोट खेल्न अन्तर्राष्ट्रिय ब्रेकमा जानु अघी रिम्सबिरुद्ध ४–० को जित निकन्दा वैकल्पिक खेलाडीको रुपमका पीएसजीका लागी डेब्यू गरेका थिए ।
मेस्सी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा सफल खेलाडी मध्य एक हुन् उनले बार्साबाट चार पटक च्याम्पियन्स लिग जितेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।