शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

शतकबाट चुके पनि टिमको जितबाट खुशी छु : कुशल भुर्तेल


  • KTM Khabar
  • मंगलबार, भाद्र २९ २०७८
1.7K
SHARES

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्दा ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । कुशल र रोहित पौडेलको अर्धशतक सहयोगमा नेपालले अमेरिकाले दिएको २३१ रनको लक्ष्य एक ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो ।

ओडीआई करियरमा पहिलो अर्धशतक बनाएका कुशल शतकको नजिक पुगे पनि खेल बिचमै आउट भए । नेपालको जितमा कुशलले महत्वपूर्ण योगदान गरे । उनले आसिफ शेखसंग ओपनिङ गर्दै कीर्तिमानी साझेदारीसमेत गरे ।

कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ओपनिङ गर्दै ६१ रनको साझेदारी गरेका थिए ।
आफ्नो र नेपालको प्रदर्शनबाट सन्तुष्ट रहेका कुशल शतक बनाउनबाट चुक्दा भने केही निराश थिए । खेलको म्यान अफ दि म्याचसमेत बनेका कुशलले जितपछि आफ्नो प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।

‘ओभरअल हेर्ने भने पहिलो पारीमा बलरहरुले राम्रो गर्नुभयो। फिल्डिङ साइड पनि राम्रै भयो । हामीलाई २३० रन बनाउन यो ग्राउण्डमा सजिलै थियो । ब्याटिङमा सजिलै भयो । सुरुमा राम्रो सुरुवात भयो’ कुशलले भने, ‘व्यक्तिगत प्रदर्शनबाट खुशी छु । सिरिजको पहिलो खेल हो सकरात्मक सुरुआत भाछ । खुशी नै लाग्छ ।’

खेल फिनिस गर्न नपाइ आउट भएकोमा भने कुशल केही निराश रहे । ‘आउट हुँदा सन्तुष्ट छैन । नटआउट भएर जिताको भएर सन्तुष्ट हुन्थेँ । म आउट भएर टिममा अलिकति प्रेसर भयो । तर रोहितले राम्रो गर्‍यो’ कुशलले भने, ‘सेन्चुरी मिसभन्दा पनि टिमले जितेकोमा राम्रो लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा