शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

लिभरपुलको सहज जित, लिड्स युनाइटेडलाई ३-० ले पराजित !


  • KTM Khabar
  • सोमबार, भाद्र २८ २०७८
1.3K
SHARES

तस्विरः फाइल

लिभरपुलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ३-० ले पराजित गरेको छ।आइतबार राति भएको खेलमा लिभरपुलले दश खेलाडीमा समेटिएको लिड्सलाई सहजै पराजित गरेको हो ।

जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्ट युनाइटेड र दोस्रो स्थानको चेल्सी समान १० अंक जोडेको छ ।

एलान रोडमा भएको खेलको २०औं मिनेटमा माहृम्मद शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

५०औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

६०औं मिनेटमा पास्कल स्ट्रजिकले रातो कार्ड पाएपछि लिड्स दश खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा लिभरपुलले धेरै उठाउन नसकेपनि इन्जुरी टाइममा साडियो मानेले गोल गरेपछि लिभरपुल ३-० ले विजयी भयो ।

अपराजित लिभरपुल ४ खेलबाट १० अंकसहित तेस्रो स्थानमा उक्लेको छ । लिड्स समान खेलबाट २ अंकसहित १७औं स्थानमा छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा