शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

डेब्यु खेलमै चम्किए रोनाल्डो


  • KTM Khabar
  • शनिबार, भाद्र २६ २०७८
2.4K
SHARES

क्रिस्टियानो रोनाल्डो

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो डेब्यु खेलमै चम्किएका छन् । दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई शानदार जित दिएका छन् ।

इंग्लिस प्रिमियर लिगमा शनिबार भएको म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेड विच भएको खेलमा लगातार दुई गोल गरेका रोनाल्डो डेब्यु खेलमै लयमा फर्किएका छन् ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा रोनाल्डोले दुवै हाफमा अग्रता दिलाउने गोल गरेपछि म्यानचेस्टर युनाइटेड ४–१ ले विजयी भएको छ ।

रोनाल्डोले पहिलो हाफमा गरेको गोललाई दोस्रो हाफमा जाभिएर मान्किलोले बराबरी गरेका थिए । त्यसको केहीबेरमा नै रोनाल्डोले गोल फर्काउँदै युनाइटेडलाई पुनः अग्रता दिलाए । खेलको अन्त्यतिर ब्रुनो फर्नान्डेस र जेसे लिंगार्ड गोल गर्दै जित सुनिश्चित गरे ।

दोस्रो हाफको ५६ औं मिनेटमा न्युकासल युनाइटेडले खेल बराबरीमा ल्यायो । काउन्टर अट्याकमा मान्किलोले सुन्दर फिनिस गर्न सफल भएका थिए । एलन सेन्ट माक्सिमिनको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । रोनाल्डोले त्यसको ६ मिनेटपछि नै व्यक्तिगत दोस्रो गोल गरे । लुक शाको पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र लग्दै गरेको प्रहार गोलरक्षक वुडमनको खुट्टा मुनिबाट गोल भएको थियो ।

जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । न्युकासल भने ४ खेलमा जम्मा १ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा