शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

पेले भन्दा अब्बल मेसी, ५० वर्षपछि तोडियो लेजेण्ड पेलेको कीर्तिमान !


  • KTM Khabar
  • शुक्रबार, भाद्र २५ २०७८
3.5K
SHARES

फाइल तस्विर

अर्जेन्टाइन कप्तान लिओनल मेसीले ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका हुन् ।

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडे । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् । मेसीले पेलेभन्दा २ गोल बढी गरिसकेका छन् ।

फुटबलका महान खेलाडी पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । उक्त कीर्तिमान सन् १९७१ देखि कायम थियो । त्यसको आधा शताब्दीपछि वर्तमान विश्व फुटबलका सुपर स्टार मेसीले पेलेको कीर्तिमान तोडे ।

मेसीले बोलिभिया विरुद्ध ह्याट्रिकपछि अन्तर्राष्ट्रिय गोल संख्या ७९ पुर्‍याएका छन् । त्यसका लागि उनले १५३ खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले १११ गोल गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा