शनिबार, साउन ९ २०८३
ताजा अपडेट

टेनिस टोली पाकिस्तान जाने


  • बिहिबार, भाद्र २४ २०७८
14.3K
SHARES

काठमाडौं, भदौ २४ गते ।

आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन पाकिस्तान जाने भएका छन् । ५ खेलाडीसहित ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामाबाद जान लागेका हुन्।

सेप्टेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले भाग लिने छन् । पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्सिल श्रेष्ठ तथा महिलामा शिभाली गुरुङ र मान्सा कँडेल रहेका छन् । प्रशिक्षकमा कृष्णराज घले छन् ।

अभिभावकहरु विमला भण्डारी क्षेत्री, रोविन जोशी, नवीन श्रेष्ठ, सिमान्त गुरुङ र पर्शराम कँडेलपनि टोलीसंगै पाकिस्तान जाने छन् ।

उक्त प्रतियोगिता नोभेम्बर २२ तारिखदेखि ताजकिस्तानमा हुने एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनको फाइनलका दक्षिण एसियाली छनोटका रुपमा रहेको छ । पुरुष/महिलामा शीर्ष दुई स्थान हात पार्ने राष्ट्रले ताजाकिस्तानको यात्रा सुनिश्चित गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले बिहीबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा