पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।
विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पुर्याएका हुन् ।
रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोलमा पोर्चुगलले नाटकिय रुपमा २-१ को जित हात पारेको थियो ।
उनको पोर्चुगलका लागि व्यक्तिगत ११०औं र १११ औं गोल गरे । अली देइले सन् १९९३ देखि २००६ सम्म खेल्दै १०९ गोल गरेका थिए । रोनाल्डोले यसै वर्ष भएको युरोमा देइको कीर्तिमान बराबरी गरेका थिए ।
रोनाल्डोले युरो २०२० का क्रममा देइको बराबरी गरेका थिए ।
३६ वर्षीय फरवार्ड रोनाल्डोले एक गोलले पछि रहेको अवस्थामा ८९औं मिनेटमा बराबरी गोल गर्दै कीर्तिमान तोडेका थिए । त्यसपछि उनले इन्जुरी टाइममा गोल गर्दै टिमलाई समेत जित दिलाए ।
खेलको १५औं मिनेटमै पोर्चुगलले पेनाल्टी पाए पनि रोनाल्डोल चुके । उनको प्रहार आयरल्यान्डका गोलरक्षक गभिन बाजुनुले रोकेका थिए । रिपब्लिक अफ आयरल्याण्डका लागि जोन एगानले ४५औं मिनेटमा गोल गरे ।
रोनाल्डोले रिपब्लिक अफ आयरल्याण्डविरुद्ध खेल्दै पोर्चुगलका लागि १८० क्याप जिते ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।