शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सन्दीपले होबार्टबाटै बिग बास लिग खेल्ने


  • बिहिबार, भाद्र १० २०७८
9.8K
SHARES

फाईल तस्बिर

पाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ ।

होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए ।

सन्दीपले अष्ट्रेलिया गएर हुरिकेन्सबाट खेल्न आफू तयार रहेको बताएका छन् । क्रिक इन्फोसाग कुरा गर्दै उनले गत सिजन होबार्टबाट खेल्दा आफूले निकै मज्जा लिएको र यस सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन् ।

बिग बासको नयाा सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ ।

सन्दीपले गत सिजनको बिग बास लिग खेलेपछि कुनै फ्रेन्चाइज लिग खेलेका छैनन् । उनले भिसा समस्याका कारण टी-२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड लिग गुमाएका थिए ।

विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली राष्ट्रिय टिमसाग ओमानमा रहेका सन्दीपले (क्यारेबियन पि्रमियर लिग सीपीएल) पनि गुमाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा