शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बराबरीमा रोकियो बार्सिलोना


  • आइतबार, भाद्र ६ २०७८
11.5K
SHARES

फाइल तस्विर

मेम्फिस डिपाइको गोलको मद्दतले एथ्लेटिक बिल्बाओसँग बराबरी खेल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । दुई खेलपछि बार्साको ४ अंक रहेको छ ।

खेलको ५० औँ मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाए पनि ७५ औँ मिनेटमा डिपाइले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । यसबीच दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो भने थुप्रै गोलका अवसरहरू खेर गएको थियो ।

खेलको इन्जुरी समयमा बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले निको विलियम्सलाई फल हानेपछि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । पहिलो हाफमा बार्सिलोनाका जेरार्ड पिके घाइते भएका थिए ।
अन्य खेलमा भ्यालेन्सिया र ग्रानाडा र भिल्लेरियाल र एस्पानियोलले पनि बराबरी खेलेका छन् । मायोर्काले भने आलाभेसलाई १–० गोलले हरायो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा