शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सिटीको गोल वर्षा, लिभरपुलको लगातार दोस्रो जीत


  • आइतबार, भाद्र ६ २०७८
10K
SHARES

फाइल तस्विर

साबिक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा सिटीले नर्विचमाथि ५–० को शानदार जित हासिल गरेको हो ।

खेलको सातौँ मिनेटमा नै नर्विचका गोलकिपर टीम क्रुलले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो । २२ औँ मिनेटमा हालैमात्र १० करोड पाउन्डमा सिटीमा अनुबन्ध भएका ज्याक ग्रिलिसले टोलीका लागि पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा एमेरिक लापोर्टेले अर्को गोल थपे भने राहिम स्टर्लिङ र रिहाद महारेजले एक–एक गोल गर्दै सिटीलाई सहज जीत दिलाए । खेलमा ग्याब्रियल जिसुसले दुईवटा गोलको अवसर सिर्जना गरेका थिए । पहिलो खेलमा टोटनह्यामसँग १–० ले स्तब्ध भएको सिटीले तीन अंक बटुल्न सफल भएको छ ।

उता, उपाधिको दाबेदार रहेको लिभरपुलले भने लगातार दोस्रो जीत हासिल गरेको छ । एनफिल्डमा लिभरपुलले बर्नलीलाई २–० ले हरायो ।

लिभरपुलको जीतमा डिएगो जोटा र साडियो मानेले एक–एक गोल गरे । ६ अंकसहित लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।

अन्य खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडलाई २–० ले हरायो भने ब्राइटनले वाटफोर्डलाई सोही गोलअन्तरले पराजित गर्यो । एभर्टन र लिड्सले भने २–२ को बराबरी खेले ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा