शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

उमेरका कारण चेल्सीले लेवान्डास्कीलाई स्विकारेन


  • मंगलबार, भाद्र १ २०७८
11.7K
SHARES

तस्विरः फाइल

इङ्गलिश क्लब चेल्सीले पोल्याण्ड तथा वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई उमेरका कारण क्लबमा नलिएको चर्चा चुलिएको छ ।

नयाँ सिजनका लागि स्ट्राइकरको खोजिमा रहेको चेल्सीलाई केही समयअघि एजेण्ट पिनी जाहावीले लेवान्डोस्कीलाई चेल्सीसँग प्रस्ताव राखेका थिए । तर क्लबले लेवान्डोस्कीको उमेरलाई कारण देखाउँदै लिन अस्विकार गरेको एक जर्मन पत्रिकाले जनाएको छ ।

लेवान्डोस्कीको प्रस्ताव अस्विकार गरेपछि चेल्सीले इन्टरमिलानको रोमेलु लुकाकुलाई क्लबमा भित्र्याएको हो ।

युरोपको गोल्डेन बुट विजेता लोवान्डास्की अहिलेको समयमा गोल मसिनको रुपमा आफ्नो परिचय स्थापित गरिरहेका खेलाडी हुन् । वायर्नका गोल मसिन लेवान्डोस्कीले यस सिजनको शुरुमा कुनै नयाँ गन्तब्यको निम्ति प्रयास गरिरहेका थिए ।

लुकाकुसँगको सम्झौता पक्का गर्नुअघि चेल्सी र लेवान्डास्कीका एजेण्ट पिनीबिच वार्ता भइरहेको थियो । पिनीले लेवान्डोस्कीका लागि चेल्सीसामु ८० देखि ९० मिलियन युरोको प्रस्ताव राखेको बताइएको छ । तर चेल्सीले ढल्कदो उमेरको खेलाडीका लागि प्रस्तावित रकम खर्च गर्न अस्विकार गरिदिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा