शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई


  • बिहिबार, साउन २८ २०७८
12.5K
SHARES

फाइल तस्विर

चेल्सीले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।

आज बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि हात पारेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

२७औँ मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिए पनि ७३औँ मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि चेल्सी च्याम्पियन बनेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा