शनिबार, साउन ९ २०८३
ताजा अपडेट

टोकियो ओलम्पिक- पदक तालिकामा अमेरिकाले चीनलाई उछिन्यो


  • आइतबार, साउन २४ २०७८
9.1K
SHARES

टोकियो ओलम्पिक २०२० को पदक तालिकामा संयुक्त राज्य अमेरिकाले चीनलाई पछाडि पारेको छ ।

आज विहान महिला बास्केटबल र साइक्लिङमा स्वर्ण जितेसँगै चीनसँग स्वर्णमा बराबरी गरेको अमेरिका समग्र पदक तालिकामा अन्य राष्ट्रभन्दा अगाडि नै छ ।

हालसम्मको नतिजा अनुसार अमेरिकाले ३८ स्वर्ण, ३९ रजत र ३३ कास्य पदकसहति ११० पदक जितेको छ । समान ३८ स्वर्ण, ३१ रजत र १८ कास्य जितेको चीन दोस्रो स्थानमा छ भने २७ स्वर्ण, १४ रजत र १७ कास्य जितेको जापान तेस्रो स्थानमा छ । ओलम्पिक इतिहासमा जापानकाे याे सबैभन्दा राम्राे नतिजा हाे ।

अमेरिकाले आइतबार पनि महिला भलिबल र बक्सिङको दुई स्पर्धामा फाइनल खेल्दैछ । त्यसैले अमेरिकाले स्वर्ण संख्या अझै बढाउन सक्ने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा