शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

रोनाल्डोको नाममा फेरी थपियो नयाँ अवार्ड, नयाँ सिजन सुरु नहुँदै चुलियो हाइट


  • बिहिबार, साउन २१ २०७८
10.1K
SHARES

क्रिष्टियानो रोनाल्डो । तस्विरः फाइल

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानोे रोनाल्डोले नयाँ अवार्ड प्राप्त गर्ने भएका छन् । सिरि ए को यस वर्षको नयाँ सिजन सुरु हुन अगाबै पाउने अवार्डले रोनाल्डोलाई थप हौसला मिलेको समर्थकहरुले भनेका छन् ।

 

इटालियन क्लब युभेन्टसबाट आफ्नो व्याबसायिक खेल खेलिरहेका रोनाल्डोले सिरी ए गोल्डेन बुट जितेसंगै पहिलो पटक प्रदान गरिएको पाओलो रोस्सी अवार्ड पाउने भएका छन । सन् २०२०–०२१ को सिरी ए गोल्डेन बुट जितेसंगै यस वर्षको पहिलो अवार्ड प्राप्त गरेका हुन् ।

 

रोनाल्डोल लिग भर २९ गोल पुरा गरेका थिए । विश्वकप विजेता रोस्सीको नाममा उक्त अवार्डको नामाकरण गरिएको हो । रोस्सीको नाम पछाडी उक्त अवार्ड प्रदान गर्न लागिएको भएता पनि रोस्सी भने यस संसारमा छैनन् र उनकै सम्झनामा उक्त अवार्ड बाडिने छ । इटालियन फुटबलको निर्णय पश्चात उक्त अवार्ड लिगमा सर्वाधिक धेरै गोल गर्ने खेलाडीहरुलार्य दिइने नीति समेत पारित भएको छ ।

 

पहिलो पटक प्रदान गरिएको उक्त अवार्ड माथि पहिलो पटक रोनाल्डो अवार्डका हकदार बनेका छन् । रोस्सीको फोटो इंकित अवार्डको बनावट समेत परिवर्तन गरिएको इटालियन फुटबल संघले जनाएको छ ।

 

ट्रफीमा रोनाल्डोले पुरा गरेको गोल संख्यालाई उल्लेख हुने गरि हिरा जडान गरिने जनाइएको छ ।
युभेन्टसको प्रशिक्षणमा फर्किएका ३६ बर्षे रोनाल्डोले क्लबसंग १ वर्ष सम्झौता अझै छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा